Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जति पनि बेथिती र भ्रष्टाचार छन् सबैमा राजनीतिक दलको संलग्नता छ: अमरेशकुमार सिंह

जति पनि बेथिती र भ्रष्टाचार छन् सबैमा राजनीतिक दलको संलग्नता छ: अमरेशकुमार सिंह

  • शुक्रवार, श्रावण २५ २०८१

  • 592
    SHARES

  • जति पनि बेथिती र भ्रष्टाचार छन् सबैमा राजनीतिक दलको संलग्नता छ: अमरेशकुमार सिंह

    काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारले जनताको लागि काम गर्नेमा आफूलाई विश्वास नरहेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद सिंहले वर्तमान केपी ओली नेतृत्वको सरकारले आश्वासनहरु धेरै दखाउन सुरु गरे पनि उपलब्धिमुलक र विकासका काम गर्छ भनेर विश्वास गर्न नसकिने स्पष्ट पार्नुभयो ।

    यस्तै उहाँले देशमा जति पनि बेथिती र भ्रष्टाचार भइरहेका छन् सबै राजनीतिक दलको संलग्नता र समर्थनमा भइरहेको आरोप समेत लगाउनुभयो ।

    राजनीतिक पहुँच नभएका र सामान्य व्यक्तिले देशमा भ्रष्टाचार नगरेको र गर्न पनि नसक्ने सांसद सिंहको भनाइ छ । जवसम्म जनताको विश्वास दलहरुमाथि बढ्दैन तवसम्म केहि पनि डेलिभरी नहुने दाबी गर्दै उहाँले सरकारमा आउने, जागीर खाने, भ्रष्टाचार गर्ने र जाने यो बाहेक नेताहरुबाट अरु कुराको आस नै गर्न नसकिने बताउनुभयो ।

    यस्तै मधेश प्रदेशको प्रसंगमा उहाँले २० जना मन्त्रीको आवश्यक नै नभएको भन्दै विरोध गर्नुभएको छ ।


    शुक्रवार, श्रावण २५ २०८१०८:५५:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij