Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काभा महिला भलिबल : नेपाल र भारत उपाधिका लागि भिड्दै, खेल हेर्न प्रधानमन्त्री पनि जाने

काभा महिला भलिबल : नेपाल र भारत उपाधिका लागि भिड्दै, खेल हेर्न प्रधानमन्त्री पनि जाने

  • बुधवार, श्रावण २३ २०८१

  • 1.2K
    SHARES

  • काभा महिला भलिबल : नेपाल र भारत उपाधिका लागि भिड्दै, खेल हेर्न प्रधानमन्त्री पनि जाने
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जानुहुने भएको छ ।
     
    उक्त प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीच हुने फाइनल खेलको समापनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने उहाँको सचिवालयले जनाएको हो । नेपाल र भारतको फाइनल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछ । 
     
    उक्त खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । यता भारतले सेमिफाइनलमा श्रीलङ्कालाई ३–० कै सोझो सेटमा पराजित गर्दै फाइनमा पुगेको हो । 
     
    लिग चरणमा नेपालले भारतमाथि ३–२ को रोमाञ्चक जित हासिल गरेको थियो । यस पटक पनि नेपालले घरेलु कोर्टमा भारतलाई पराजित गर्दै प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यका साथ खेल्नेछ । नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई पहिलो पटक घरेलु कोर्टमा च्याम्पियन बन्ने अवसर छ । भारतले पनि लिग चरणमा व्यहोरेको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ । 
     


    बुधवार, श्रावण २३ २०८१०२:३८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij