काठमाडौं । काभा महिला नेसन्स लिग (भलिबल)को फाइनलमा नेपालले आज भारतसँग खेल्दै छ । यी दुई टोलीबीच दोस्रो पटक खेल हुन लागेको हो। खेल सवा ५ बजे दशरथ रङ्गशाला कभर्डहलमा हुनेछ।
मङ्गलबार भएको खेलमा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले पराजित गरेर फाइनलमा भारतसँगको भेट पक्का गरेको हो।
मङ्गलबार नै भारतले श्रीलंकालाई ३-० सोझो सेटमै पराजित गरेर फाइनलमा स्थान बनाएको थियो। यी दुई पराजित टोलीबीच तेस्रो स्थानका लागि आजै दिउँसो २ बजे खेल हुनेछ।