Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कर्णालीमा कांग्रेसका चार मन्त्रीले लिए शपथ

कर्णालीमा कांग्रेसका चार मन्त्रीले लिए शपथ

  • आइतवार, श्रावण २० २०८१

  • 1.1K
    SHARES

  • कर्णालीमा कांग्रेसका चार  मन्त्रीले लिए शपथ
    काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिनुभएको छ। नेपाली कांग्रेसको तर्फबाट सिफारिस भएका चार जना मन्त्रीहरूले आइतबार(आज) पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
     
    उहाँहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले शपथ खुवाउनुभएको छ । कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्रीमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी मन्त्री बन्नुभएको छ। 
     
    मन्त्रीका लागि उहाँहरूको नाम शुक्रबार नै पठाइए पनि आन्तरिक तयारी नपुगेको भन्दै मुख्यमन्त्री यामलाल कँडेलले शपथ अगाडि बढाउनुभएको थिएन ।
     
    ८ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र ४ कांग्रेसले पाएको छ । कांग्रेस सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री कँडेलले सोमबार संसद्बाट विश्वासको मत लिनुहुने भएको छ ।


    आइतवार, श्रावण २० २०८१०२:५०:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij