काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मुलुकलाई स्थायित्व दिन कांग्रेस र एमाले मिलेको बताउनुभएको छ ।
धेरै परिवर्तनमा सहभागी भएका दुई ठुला दल कांग्रेस र एमाले मुलुकको विकाशका लागि अब मिल्नुको विकल्न रहेन भन्ने महसुस भएरै नयाँ सरकारको गठन भएको नेता खतिवडाको भनाइ छ ।
यस्तै मुलुक सुम्पिएको सानो दलले मेरो र हाम्रो भन्दा बाहिर रहेर काम नै नगरेको कारण पनि आफूहरु एक हुनुपरेको उहाँले स्पष्ट पार्नुभएको छ ।
मुलुकको संवृद्धि र स्थायित्वको लागि महत्वपूर्ण योगदान दिन नसकेका साना दलले आफ्नो व्यक्तिगत स्वार्थमा केन्द्रित हुने वातावरण बनाएर लाभ लिइरहेकोसमेत सभापति खतिवडाको आरोप छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै कांग्रेस नेतासमेत रहनुभएका खतिवडाले वर्तमान सरकारले मुलुकलाई निकास दिने आधारहरु थुप्रै भएको बताउनुभएको छ ।
जनतालाई सरकार छ भन्ने अनुभुति दिलाउने वातावरण बनाएर अहिलेको सरकारले काम गर्नुपर्ने पनि उहाँको सुझाव रहेको छ । यीनै र यस्तै जनता केन्द्रित कुराहरुमा आधारित भएर सरकारको निति तथा साझा कार्यक्रम आउने नेता खतिवडाले बताउनुभयो ।