काठमाडौँ । अर्गानिक फार्म हाउस तथा मौलिक भान्छा घरले सात प्रदेशको प्रतिनिधित्व हुने गरी काठमाडौमा खीर महोत्सव सम्पन्न गरेको छ ।
नयाँ बानेश्वर स्थित एभरेष्ट होटलको पछाडि, केएण्डके कलेजको अगाडि नयाँ खोलिएको मौलिक भान्छा घरमा खिर खाने दिनको अवसर पारेर सातै प्रदेशको प्रतिनिधित्व हुने गरी नौँ प्रकारका खीर खुवाएर खिर महोत्सव सम्पन्न गरिएको सञ्चालक सुमन दाहालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अघिल्लो वर्ष पनि हामीले सञ्चारमन्त्रीको उपस्थितिमा ७ प्रकारको खीर बनाएर महोत्सव गरेका थियौं । आज सात प्रदेशको प्रतिनिधित्व हुने गरी हामीले ९ प्रकारका खीर बनाएको छौं । नेपालमा आजको दिनमा ९ प्रकारको खीर यहाँ मात्र पाकेको होला ।’
उहाँले कोदो, फापर, जौ, मकै, चिनो, काजुनो, मार्सी, पोख्रेली तथा अन्य स्थानीय चामलबाट बन्ने खिरसँगै टिपिकल अचार, गुन्द्रुक, चटनी लगायतका परिकारहरु बनाइएको जानकारी दिनुभयो ।
महोत्सवमा कृषिमन्त्री रामनाथ अधिकारी, कलाकार दिपाश्री निरौलालगायतको उपस्थिति रहेको थियो ।
सञ्चालक दाहालले बानेश्वर र कपनमा रहेको मौलिक भान्छाघरमा अरु बेला पनि सधैँ सातै प्रदेशका दर्जनौ मौलिक परिकारहरु पाइने जानकारी दिनुभयो ।