Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

गम्भीर आरोपपछि कृष्णमान आफैंले फिर्ता लिए नाम

गम्भीर आरोपपछि कृष्णमान आफैंले फिर्ता लिए नाम

  • सोमवार, श्रावण १४ २०८१

  • 935
    SHARES

  • गम्भीर आरोपपछि कृष्णमान आफैंले फिर्ता लिए नाम

    काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिनुभएको छ । प्रस्तावित आयुक्त प्रधानबारे संसदीय सुनुवाइ सकेर अनुमोदन गर्ने नगर्नेबारे निर्णय लिन साँझ ५ बजे संदीय सुनुवाइ विशेष समितिको बैठक बस्नुअघि नै आफ्नो नाम फिर्ता लिनुभएको हो ।

    प्रधानले समितिमा निवेदन दिएर आफ्नो नाम फिर्ता लिनुभएको हो । नाम फिर्ता लिन निवेदन दिएसँगै उहाँको अनुमोदनबारे निर्णय लिन डाकिएको बैठक स्थगित भएको छ ।

    तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा गत असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

    प्रधानबारे समितिमा यौन दुराचारसम्बन्धी गम्भीर उजुरी परेको थियो । उच्च नैतिक चरित्रको नभएको भन्दै उहाँको नाम अनुमोदन नगर्न समितिसमक्ष दबाब बढेको थियो ।

    सोमबार बिहान ११ बजेका लागि डाकिएको बैठक विवादबीच सारिएको थियो । बैठक सारेर सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरू आन्तरिक छलफलमा जुटेका बेला प्रधानले नाम फिर्ता लिनुभएको हो।

    प्रधानबारे उहाँकै कार्यालयमा कार्यरत महिलाले यौन शोषण गरेको आरोप लगाउनुभएको थियो। पूर्व सहकर्मीले आफूलाई लामो समयदेखि यौन शोषण गरेको भन्दै समितिमा उजुरी दिनुभएको थियो। प्रधानले उक्त विषय अदालतबाट टुंगिसकेको जिकिर गर्नुभएको थियो।


    सोमवार, श्रावण १४ २०८१०२:२४:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij