Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याल बयान दिन विशेष अदालतमा उपस्थित

निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याल बयान दिन विशेष अदालतमा उपस्थित

  • आइतवार, श्रावण १३ २०८१

  • 626
    SHARES

  • निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याल बयान दिन विशेष अदालतमा उपस्थित

    काठमाडौं । निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याल आफूविरुद्धको भ्रष्टाचार मुद्दामा बयान दिन विशेष अदालतमा उपस्थित भएका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको ३५ दिनपछि उनी विशेष अदालतमा उपस्थित भएका हुन् ।

    आइतबार अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उनले बयान दिनेछन् । बयान दिएपछि उनलाई थुनामा पठाउने, धरौटीमा वा साधारण तारिखमा रिहा गर्नेबारे आदेश हुनेछ ।

    अर्यालमाथि निजी क्षेत्रको अन्तशुल्क स्टिकर छाप्न सुरक्षण मुद्रण केन्द्रलाई ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो । भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरिएको थियो ।


    आइतवार, श्रावण १३ २०८१०१:२९:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij