Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेस र एमाले मिलेर पनि गणतान्त्रिक व्यवस्थालाई सफल पार्न सकेनन् भने चुप बस्दैनौँ: धवलशमशेर जबरा

कांग्रेस र एमाले मिलेर पनि गणतान्त्रिक व्यवस्थालाई सफल पार्न सकेनन् भने चुप बस्दैनौँ: धवलशमशेर जबरा

  • आइतवार, श्रावण १३ २०८१

  • 654
    SHARES

  • कांग्रेस र एमाले मिलेर पनि गणतान्त्रिक व्यवस्थालाई सफल पार्न सकेनन् भने चुप बस्दैनौँ: धवलशमशेर जबरा

    काठमाडौं । राप्रपा महामन्त्री धवलशमशेर जबराले दुई ठुला दल नेपाली कांग्रेस र एमाले मिलेर पनि गणतान्त्रिक व्यवस्थालाई सफल पार्न सकेनन् भने यो व्यवस्थालाई हटाउनै पर्ने बताउनुभएको भएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै महामन्त्री जवराले अहिलेको र्वतमान केपी शर्मा ओली नेतृत्वको सरकारले देश र जनताका लागि के–कस्ता कामहरु गर्छ भनेर हेर्नलाई सय दिनको समय दिने स्पष्ट पार्नुभयो ।

    सरकारले कस्तो काम गर्छ भनेर केहि दिनमै थाहा हुने पनि बताउनुभएको छ । यस्तै उहाँले यदि यो सय दिनको अविधभर उपलब्धिमुलक कामहरु केहि नभए चुप लागेर नबस्ने चेतावनी दिदै पुर्वमन्त्रीसमेत रहनुभएका जवराले विकाशका काम गर्छन् भने आफूहरुको शुभकामना र साथ भने रहने पनि बताउनुभयो ।

    यस्तै अर्को प्रसंगमा नेता जवराले प्रदेशको कुनै औचित्य नरहेको बताउनुभएको छ ।

    यति सानो मुलुकमा प्रदेशको काम र अस्तित्व नै नभएकाले प्रदेश सरकार खारेज गर्नुपर्ने उहाँको माग रहेको छ ।

    अबको केहि महिनापछि देशव्यापीरुपमा ठुलो आन्दोलन गर्ने आफूहरुको तयारी रहेको पनि उहाँले बताउनुभयो ।


    आइतवार, श्रावण १३ २०८१०८:३५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij