काठमाडौं । नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले दुई ठुला दल कांग्रेस एमाले समिकरणको सरकालाई अवसर र चुनौती दुवै भएको बताउनुभएको छ ।
यस्तै पुर्वमन्त्रीसमेत रहनुभएका महतले पटक–पटक सहमतिलाई तोडेको नेकपा माओवादीसँग फेरि एक हुने संभावना नै नरहेकाले सरकार गठनका लागि विकल्प के भन्ने अवस्थमा कांग्रेस–एमाले भन्ने भएरै एक भएको स्पष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै महतले वर्तमान सरकार अवसर र चुनौतीकाबीच बृहत्तर समझदारी र एकअर्काको दुष्टिकोणलाई राम्रोसँग बुझेर, सल्लाहकासाथ निर्णय गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
यस्तै नेता महतले देश र जनतालाई केन्द्रमा राखेर पार्टी, व्यक्तिभन्दा माथि उठेर दुवै दलले काम गर्नुपर्ने सुझाव पनि दिनुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व अवधिभर पनि कांग्रेसका कुराहरु सुनेर निर्णयमा जानुपर्ने र कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्वको गर्ने अवधिमा पनि एमालेका कुरा सुनेर सोहि तरिकाले अगाडि बढ्ने समझदारीमा अगाडि बढे स्थायि हुने उहाँको विश्वास रहेको छ ।
गठबन्धनमा भएका सहमती र समझदारी अनुसार नै सरकार चल्ने दाबी गर्दै उहाँले आगामी निर्वाचनसम्मै सोहि अनुसार अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।