काठमाडौं । नेकपा एमालेका नेता कर्ण थापाले देश र जनताका समस्या समाधान गर्न नै प्रमुख राजनीतिक दलहरु कांग्रेस र एमाले एक भएको बताउनुभएको छ ।
जनमतबाट अस्विकृत भएकाहरुलाई निर्णायक शक्तीकारुपमा लिइने अभ्यासले राजनीतिमा विकृती ल्यायो भन्ने निस्कर्षका साथ विगतका कमजोरीहरुलाई सच्चयाएर देशका जटिलता र समस्याहरुलाई समाधान गर्नुपर्छ भनेरै नयाँ समिकरणको प्रारम्भ भएको स्पष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पुर्वमन्त्रीसमेत रहनुभएका थापाले प्रतिपक्षले अब सरकारलाई असफल बनाउन बाधा र अवरोध जति गरे पनि केहि असर नपर्ने दाबी गर्नुभयो ।
दलहरुले अब नकारात्मक गतिविधि र नकारात्मक मनोविज्ञानहरु सच्च्याएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले देश र जनतालाई फाइदा नहुने काम कुनै पनि पार्टीले गर्न नहुने तर्क गर्नुभयो
यस्तै नेता थापाले दलहरुप्रति टुटेको जनताको विश्वास र आसा फेरि व्युँत्याउनु नै वर्तमान सरकारको पहिलो काम भएको पनि बताउनुभएको छ ।
यस्तै अर्को प्रसंगमा नेता थापाले रास्वपाका सभापति रवि लामिछानेले काम केहि पनि नगर्ने बोल्नेमात्रै गर्ने आरोप लगाउँदै लामिछाने स्टनबाजमै केन्द्रित भएको बताउनुभएको छ ।
दुबै गृहमन्त्रीको कार्यकाल गफ मै बिताएका लामिछानेले अब जनता भाड्ने काम नगर्न उहाँले आग्रह गर्नुभयो ।