Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

  • मंगलवार, श्रावण ८ २०८१

  • 486
    SHARES

  • प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । दिउँसो १ बजे बैठकमा विभागीय मन्त्रीहरूले सांसदले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यत्रसूची रहेको छ । यस्तै बैठकमा सभामुखले संयुक्त समितिअन्तर्गतको संसदीय सुनुवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची पनि छ ।

    सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्नुहुने छ । यस्तै अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २१०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

     


    मंगलवार, श्रावण ८ २०८१०८:३६:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij