Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

  • सोमवार, श्रावण ७ २०८१

  • 2.5K
    SHARES

  • आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ । 
     
    अहिले गण्डकी प्रदेशका केही स्थान तथा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 
     
    पछिल्लो एक घण्टा काठमाडौंको  सुन्दरीजल, कपन र आसपास भारी वर्षा भएको छ । बागमती  गौरीघाट, विष्णुमती, धोविखोलालगायत नदीमा जल सतह बढ्दो क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
     
    आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
     
    यी क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
     
    भोलि मंगलबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।  गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
     


    सोमवार, श्रावण ७ २०८१०६:४१:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij