Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सरकार परिवर्तनसंगै सेयर बजारमा पनि तरंग, समग्र अर्थतन्त्रको सुधार बिना दिगो नहुने विज्ञहरुको तर्क, लगानीमा संयमता अपनाउन आग्रह(खासखबर)

सरकार परिवर्तनसंगै सेयर बजारमा पनि तरंग, समग्र अर्थतन्त्रको सुधार बिना दिगो नहुने विज्ञहरुको तर्क, लगानीमा संयमता अपनाउन आग्रह(खासखबर)

  • शुक्रवार, श्रावण ४ २०८१

  • 725
    SHARES

  • सरकार परिवर्तनसंगै सेयर बजारमा पनि तरंग, समग्र अर्थतन्त्रको सुधार बिना दिगो नहुने विज्ञहरुको तर्क, लगानीमा संयमता अपनाउन आग्रह(खासखबर)

    काठमाडौं। अर्थतन्त्रको समग्र क्षेत्रमा समस्या आइरहेको समयमा नेपाली कांग्रेस र नेकपा एमाले सहित केहि साना दलकोे नयाँ सरकार बनेपछि ओरालो लागेको शेयर बजार माथि उक्लिएको छ।नवनियुक्त अर्थमन्त्री विष्णु पौडल पुँजी बजारका लगानीकर्ताले मन पराएका अर्थमन्त्रीको रुपमा चिनिनुहुन्छ ।

    पौडेलले यसअगाडिका कार्यकालमा शेयर बजार लक्षित नीतिगत सुधार गरेको भन्दै विशेषगरी लगानीकर्ताको रोजाइमा पर्ने गर्नुहुन्छ। पौडेल यसअघी अर्थमन्त्री हुँदा उहाँको कार्यकालमै शेयर बजारले नयाँ उचाई चुमेका रेकर्डहरु पनि छन्।

    विष्णु पौडल अर्थमन्त्री बन्ने अवस्था सिर्जना भएदेखि नै शेयर बजारमा एकाएक उछाल आएको थियो। शेयर लगानीकर्ताहरु पौडेल अर्थमन्त्री बनेपछि उत्साहित भए । अर्थमन्त्रालयमा पौडेलको नाम चल्नासाथ २ हजार अङ्क आसपास रहेको परिसूचक २२ सय अङ्कभन्दा माथि पुगेको थियो ।

    यो हप्ताको अन्तिम दिन बिहीवार परिसूचक २४२४.३२ विन्दुमा पुग्यो। यो २७ महिना यताकै उच्च हो।अर्थमन्त्री पौडेल सेयर बजार अर्थतन्त्रको ऐना भएको बताउनुहुन्छ। शपथग्रहणपछि पदभार ग्रहण गर्दै उहाँले शेयर बजार अर्थतन्त्रको ऐना भएको बताउनुभएको थियो ।

    पौडेललाई लगानीकर्ताले सेयर बजारमैत्री अर्थमन्त्रीका रूपमा चिन्दै आइरहेका छन्। यता अर्थविद्हरुले सेयर वजारमा अहिले आएको सुधार तथ्यांक हेर्दा सहि भएको तर त्यो वृद्धि भन्दा पनि करेक्सन भएको बताउछन्।

    अर्थविद् चन्द्रमणी अधिकारी नेप्से परिसूचक २४ सय अंकबाट माथि नै गईराख्छ भन्ने आधार खडा नभएको तर्क गर्नुहुन्छ। शेयर बजार दिगो रुपमा जान समग्र अर्थतन्त्रमा सुधार हुनुपर्ने उहाँको भनाई छ ।

    नयाँ सरकारले आर्थिक क्षेत्रमा देखिएका चुनौतिलाई कसरि सम्वोधन गर्दछ भन्ने जिज्ञासा सबैमा छ। त्यसका लागि सरकारले ल्याउने न्युनतम साझा कार्यक्रमलाई हेर्नुपर्ने अर्थविद्को भनाई छ ।शेयर बजारमा दिगोपना आउन समग्र अर्थतन्त्रमा सुधार नहुदासम्म पँुजी बजारमा देखिएको करेक्सन दिगो नहुने अर्थविद् अधिकारीको तर्क छ ।

    पछिल्लो समय पूँजीबजारको दायरा ग्रामीण देखि सहरी क्षेत्रसम्म विकास भईसेकेको छ। गृहिणी, विद्यार्थीदेखि उद्योगी तथा व्यवसायिक कारोबारहरुको समेत शेयर बजारप्रति उत्साह देखिएको छ। कतिपयले पुँजीबजारलाई नै जिर्विकोपार्जन गर्ने माध्यम समेत बनाएका छन् ।

    माओवादी केन्द्रका नेता राजन दाहाल प्रचण्ड सरकारको समयमा अर्थतन्त्रमा सुधार भएको बताउदै अहिले शेयर बजारमा देखिएको उछाल धेरै समय नटिक्ने दाबी गर्नुहुन्छ।जनार्दन शर्मा अर्थमन्त्रीको रुपमा आएपछि खस्न थालेको सेयर बजारले डा.उपाधि पाएका अर्थमन्त्री प्रकाशशरण महत आउँदा पनि गति लिन सकेन ।विष्णुप्रसाद पौडेलको कार्यकालमा सेयर बजारले नयाँ उचाई चुमेका रेकर्डहरु पनि छन् ।

    नीति उस्तै अनि आर्थिक माहौल पनि उस्तै भए पनि पौडेल अर्थमन्त्री बने लगत्तै शेयर बजारमा हरियाली छायो। पछिल्ला केही वर्षहरूमा शेयर बजारप्रतिको चासो बढ्दो छ। सरकार, संसद्, मिडिया लगायतका सार्वजनिक स्थलहरूमा समेत यसको चर्चा हुने गरेको छ ।

    अहिलेको वर्तमान समयमा धेरैका लागि शेयरमा लगानी आर्थिक उपार्जन गर्ने र दीर्घकालीन सम्पत्ति निर्माण गर्ने बाटो भएको छ । बजारमा हाल व्यक्तिगत मात्रै नभई संस्थागत लगानीकर्ता पनि बढेका छन् ।शेयर बजारको दायरा तथा क्षेत्र फराकिलो हुँदै गएको छ । यति हुँदाहँुदै पनि लगानीकर्तामा शेयर बजार सम्बन्धी आधारभूत बुझाइ तथा ज्ञानको कमी छ ।

    शेयरमा लगानीमा संयमता अपनाउनुपर्नेमा पनि अर्थविद्हरुले सुझाव दिएका छन् ।सुस्त आर्थिक वृद्धिदर,उत्पादनमूलक क्षेत्रमा निराशालाग्दो लगानी र उत्पादन, निराश लाग्दो कर्जा प्रवाह, उच्च व्यापार घाटा लगायत अन्य आर्थिक समस्याको अवस्था कायमै छ। त्यसैले शेयर बजार दिगो रुपमा जान समग्र अर्थतन्त्रमा सुधार हुनुपर्ने अर्थविद्हरुको तर्क पनि महत्वुर्ण छ ।


    शुक्रवार, श्रावण ४ २०८१०८:१९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij