Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वर्तमान सरकारको मूख्य उदेश्य नै भ्रष्टाचारलाई निरन्तरता दिन र भ्रष्टलाई बचाउन हो: राजन दाहाल

वर्तमान सरकारको मूख्य उदेश्य नै भ्रष्टाचारलाई निरन्तरता दिन र भ्रष्टलाई बचाउन हो: राजन दाहाल

  • शुक्रवार, श्रावण ४ २०८१

  • 709
    SHARES

  • वर्तमान सरकारको मूख्य उदेश्य नै भ्रष्टाचारलाई निरन्तरता दिन र भ्रष्टलाई बचाउन हो: राजन दाहाल

    काठमाडौं । माओवादी केन्द्रका नेता राजन दाहालले वर्तमान सरकारको मूख्य उदेश्य नै भ्रष्टाचारलाई निरन्तरता दिन र भ्रष्टलाई बचाउन भएको आरोप लगाउनुभएको छ ।

    बदनीयतरुपमा बनेको गठबन्धन देश र जनताको हितको लागि नभएको बताउँदै नेता दाहालले यो सरकारमा माओवादीको सहभागीता कल्पना पनि गर्न नसकिने स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता दाहालले संसदमा अब आफूहरुको रचनात्मक प्रतिपक्षको प्रभावशाली भूमिका रहने बताउनुभयो ।

    यस्तै नेता दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने पनि बताउनुभएको छ । प्रधानमन्त्री ओलीले यहि ६ गते आइतबार संसदमा बिश्वासको मत लिँदै हुनुहुन्छ ।

    यस्तै नेता दाहालले विभिन्न भ्रष्टाचारको प्रकरणमा आफ्ना दलका नेताहरु जेल जाने परिस्थिति उत्पन्न भएपछि जोगाउनकै लागि बनेको सरकारलाई समर्थन नहुने दोहो¥याउनुभयो ।

    आफ्नो दल माओवादी नेतृत्वको सरकारले शुसासन, सम्वृद्धि र सामाजिक न्यायको पक्षमै प्रतिवद्ध भएर काम गरेको दाबी गर्दै उहाँले यहि काम नै सरकार ढाल्नुको प्रमुख कारण बनेको तर्क गर्नुभयो ।


    शुक्रवार, श्रावण ४ २०८१०८:१३:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij