Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

चितवनमा रेलमार्गको अध्ययन गर्न पुगेको टोलीको गाडीमाथि आगजनी

चितवनमा रेलमार्गको अध्ययन गर्न पुगेको टोलीको गाडीमाथि आगजनी

  • बुधवार, श्रावण २ २०८१

  • 2.3K
    SHARES

  • चितवनमा रेलमार्गको अध्ययन गर्न पुगेको टोलीको गाडीमाथि आगजनी

    काठमाडौं। चितवनको भरतपुरमा रेलमार्गको सर्भे गर्न पुगेका कर्मचारीको टोली चढेको गाडीमा आगजनी भएको छ। आज दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ मा पुगेको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएर आगजनी गरेका हुन्।

    चितवनसहित अन्य जिल्लामा पनि बस्तीबाटै रेलमार्गको सर्भे गरिएको भन्दै विरोध भइरहेको छ। स्थानीयले बस्ती छलेर रेल लैजान माग गर्दै आएका छन्। पूर्वपश्चिम रेलमार्ग निर्माण गर्नका लागि चितवन क्षेत्रको सर्भेमा आइपुगेको सो टोलीले हेटौंडादेखि बर्दघाटसम्मको सर्भे गर्ने कार्यक्रम रहेको छ।

    चितवनका डीएसपी भेषराज रिजालकाअनुसार दुई जना कर्मचारी चढेर आएको गाडीमाथि स्थानीयले आगजनी गरेका थिए। आगजनी गर्ने स्थानीयको खोजी भइरहेको रिजालले जानकारी दिनुभयो ।


    बुधवार, श्रावण २ २०८१०४:३८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij