Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

स्पेनले चौंथोपटक जित्यो युरोकपको उपाधि

स्पेनले चौंथोपटक जित्यो युरोकपको उपाधि

  • सोमवार, आषाढ ३१ २०८१

  • 1.1K
    SHARES

  • स्पेनले चौंथोपटक जित्यो युरोकपको उपाधि

    काठमाडौं। यसपटक पनि युरोकपको उपाधि स्पेनले जितेको छ। गएराति भएको फाइनलमा स्पेनले इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै अपराजित रहँदै चौंथोपटक च्याम्पियन बनेको हो। स्पेन १२ वर्षपछि च्याम्पियन बनेको हो। इंग्ल्यान्ड भने लगातार दोस्रोपटक फाइनलमा स्तब्ध बन्यो।

    अघिल्लो संस्करणमा इटालीसँग पराजित भएको इंग्ल्यान्ड यो पटक स्पेनसँग स्तब्ध बन्यो।जर्मनीको राजधानी बर्लिनस्थित ओलम्पिया स्टेडियममा भएको खलमा निर्धारित समयको ४ मिनेट बाँकी रहँदा मिकेल ओयरजावलले गरेको गोल निर्णायक बन्यो। त्यसअघि पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको सुरुवातमै स्पेनले अग्रता लिएको थियो।

    लामिन यमलको पासलमा निको विलियम्सले ४७औं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाए।तर खेलमा फर्कने क्रममा ७३औं मिनेटमा सब्सटिच्युट कोले पाल्मरले जर्ज बेलिङ्घमको पासलाई २२ यार्डबाट गरेको प्रहार गोलमा परिणत हुँदा खेल बराबरीमा ल्याउन इंग्ल्यान्ड सफल भएको थियो।

    तर बराबरीलाई अन्तिम केही मिनेट जोगाउन इंग्लिस टोली असफल भयो। ८६ औं मिनेटमा ओयरजावलले गोल गर्दै स्पेनको उपाधि निश्चित गरे।स्पेनले यसअघि सन् १९६४ मा भएको युरो कपको दोस्रो संस्करणो उपाधि जितेको थियो।

    त्यसयता उसले सन्२००८मा अस्ट्रिया र स्विट्जरल्याण्डले संयुक्त रुपमा आयोजना गरेको युरो कपमा जर्मनीलाई हराएर दोस्रो उपाधि जित्दा सन् २०१२मा पोल्याण्ड र युक्रेनले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा इटालीलाई फाइनलमा हराएर लगातार दोस्रो र समग्रमा तेस्रो पटक उपाधि जित्यो। यो उसको चौंथो युरोकप उपाधि हो। इंग्ल्यान्ड भने पहिलो युरोकप जित्ने लक्ष्यमा रहेपनि सफल हुन सकेन्।

     


    सोमवार, आषाढ ३१ २०८१०६:५३:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij