Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

सिमलताल बस दुर्घटना अपडेट : गैँडाकोटमा भेटिए दुई शव, पहिचान  हुन बाँकी

सिमलताल बस दुर्घटना अपडेट : गैँडाकोटमा भेटिए दुई शव, पहिचान  हुन बाँकी

  • शनिवार, आषाढ २९ २०८१

  • 3.0K
    SHARES

  • सिमलताल बस दुर्घटना अपडेट : गैँडाकोटमा भेटिए दुई शव, पहिचान  हुन बाँकी
    काठमाडौं । पूर्वी नवलपरासी गैँडाकोट नागरपालिका– ७ तर्फ दुई जना पुरुषको शव भेटिएको छ । नारायणी नदी किनारामा एउटा शव बालुवामा पुरिएको अवस्थामा र एउटा शव तैरिएको अवस्थामा भेटिएको हो ।
     
    एउटा पुरुषको खुट्टामा जुत्ता भएको र शरीरमा भित्री वस्त्रमात्रै बाँकी भएको अवस्थामा भेटिएको छ । अर्को शव गाडिएको अवस्थामा भेटिएकाले प्रहरीले खनेर निकालेको छ ।
     
    चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार नवलपुरतर्फका प्रहरीले नदी तटीय क्षेत्रमा खोजी कार्य गरिरहँदा दुई शव भेटिएको हो । शवको सनाखत नभएकाले उनीहरू बसमा सवार यात्रु हो होइनन् यकिन भने भइसकेको छैन ।
     
    यसअघि पश्चिम चितवनको गोलाघाटको नारायणी नदीबीचमा एक व्यक्तिको शव भेटिएको थियो । उनी भारत बिहारका ऋषिपल साह भएको र काठमाडौंबाट हिँडेको प्रदेश ३–००१ ख २४९५ नम्बरको गणपति ट्राभल्सको बसमा जोरपाटीबाट चढेका उनका आफन्तले सनाखत गरिसकेका छन् ।


    शनिवार, आषाढ २९ २०८१०५:१७:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij