Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिममा तीन राजनीतिक दलद्वारा मुख्यमन्त्री सोडारीको राजीनामा माग

सुदूरपश्चिममा तीन राजनीतिक दलद्वारा मुख्यमन्त्री सोडारीको राजीनामा माग

  • शनिवार, आषाढ २९ २०८१

  • 1.3K
    SHARES

  • सुदूरपश्चिममा तीन राजनीतिक दलद्वारा मुख्यमन्त्री सोडारीको राजीनामा माग
    काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई राजीनामा दिन आग्रह गरेका छन् ।
     
    धनगढीमा शनिबार(आज) आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले प्रदेश सभामा मुख्यमन्त्री अल्पमतमा परिसकेकाले तत्काल पदबाट राजीनामा दिन माग गरेका हुन् ।  
     
    पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीले तत्काल राजीनामा दिँदा नयाँ सरकार गठन र बजेट ल्याउन सहज हुने बताउनुभयो ।
     
    ‘अल्पमतमा परिसकेपछि मुख्यमन्त्रीले पद ओगटेर बस्नु उचित हुँदैन,’ उहाँले भन्नुभयो।
     
    पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सन्तोष थापा शर्मा र नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरीले पनि मुख्यमन्त्रीलाई राजीनामा  गर्न आग्रह गर्नुभयो।
     
    संघमा सत्ता समीकरण परिवर्तन भएसँगै एमाले प्रदेशका मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन यही असार २३ गते फिर्ता लिएको थियो ।
     
    एमालेले समर्थन फिर्ता लिँदै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएपछि मुख्यमन्त्री अल्पमतमा पर्नुभएको छ ।  
     
    एमालेले सरकारबाट बाहिरिएसँगै सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट पारित हुने वा नहुने भन्नेमा अन्योल देखिएको छ । बजेट माथिको छलफल प्रदेशसभामा अझै शुरू हुन सकेको छैन ।
     
    नयाँ गठन हुने सरकारले सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट पारित नगरेर अध्यादेशमार्फत अर्को बजेट ल्याउने तयारी गरेको कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले बताउनुभयो ।
     
    प्रदेश सरकार गठनका लागि २७ सदस्यको बहुमत आवश्यक हुन्छ । ५३ सदस्यीय प्रदेशसभामा  कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी) पार्टीका ४, राप्रपाको १ र १ स्वतन्त्र सदस्य छन् ।


    शनिवार, आषाढ २९ २०८१०४:२८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij