Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आज भानुजयन्ती, विविध कार्यक्रम गरी मनाइँदै

आज भानुजयन्ती, विविध कार्यक्रम गरी मनाइँदै

  • शनिवार, आषाढ २९ २०८१

  • 1.0K
    SHARES

  • आज भानुजयन्ती, विविध कार्यक्रम गरी मनाइँदै

    काठमाडौं । आज असार २९ गते अर्थात् भानुजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ ।

    नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मदिन आज नेपाल तथा नेपालीभाषी रहेका विश्वका विभिभन्न देशमा विविध कार्यक्रम गरी शनिबार २११औँ भानुजयन्ती मनाइने भएको हो ।

    आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते भएको हो। धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गर्नुभएको थियो ।

    भानुभक्तले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए। भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरेका थिए। रामायणलगायत भक्तमाला, प्रश्नोत्तर, वधुशिक्षा र रामगीता लगायत उनका थुप्रै फुटकर रचना नेपालीभाषीमाझ लोकप्रिय छन्। उहाँको निधन १९२५ मा भएको थियो।

    भानुजयन्तीको अवसरमा काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानलगायत स्वदेश र विदेशमा रहेका विभिन्न संघसंस्थाले कार्यक्रम गर्दैछन्। विद्यालय तथा विश्वविद्यालयमा पनि भानुभक्तका रचना पाठ गरिँदैछ। विभिन्न संस्थाले भानुको रचनावाचन प्रतियोगिता नै चलाएका छन्।

    नेपाललगायत भारतमा नेपालीभाषीको बहुलता रहेका क्षेत्रमा भानुजयन्ती विशेष कार्यक्रम गरी मनाइन्छ।


    शनिवार, आषाढ २९ २०८१०७:४०:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij