Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कुनै एक राजनीतिक पार्टीले चाहेर मात्रै संविधान संशोधन हुँदैन : गगन थापा

कुनै एक राजनीतिक पार्टीले चाहेर मात्रै संविधान संशोधन हुँदैन : गगन थापा

  • बिहिवार, आषाढ २७ २०८१

  • 770
    SHARES

  • कुनै एक राजनीतिक पार्टीले चाहेर मात्रै संविधान संशोधन हुँदैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताउनुभएको छ ।

    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन नहुने बताउनुभयो । दश वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक पर्छ, उहाँले भन्नुभयो । महामन्त्री थापाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका शीर्ष नेताबीच भएको सात बुँदे समझदारी पालना गरिने बताउनुभयो ।

    पहिलो चरणमा एमालेकै नेतृत्वमा सरकार बन्ने उहाँको भनाइ थियो । महामन्त्री थापाले सात बुँदे समझदारीबारे पार्टीको कार्यसम्पादन समितिमा बृहत् छलफल भएको र यसलाई पार्टीले स्वीकार गरेको उल्लेख गर्दै लिखित समझदारीलाई कसैले पनि हलुका रुपमा लिन नहुने बताउनुभयो ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालाले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर राष्ट्रिय सरकार बने पनि प्रतिपक्ष कमजोर बन्न नहुने बताउनुभयो ।

     


    बिहिवार, आषाढ २७ २०८१०४:०६:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij