Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • सोमवार, आषाढ २४ २०८१

  • 833
    SHARES

  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
    काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार(आज) बस्दै छ ।  बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
     
    संघीय संसद् सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ’राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९र०८०’ पेस गर्ने सम्भावित कार्यसूची छ । 
     
    महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 
     
    त्यस्तै प्रधानमन्त्री एवं उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि सदनमा पुनर्विचारका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
     
    y3pymo4c6haf1var_ktrp5qBWJO.webp


    सोमवार, आषाढ २४ २०८१०६:४१:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij