Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सन्दीप पनि ग्रेड ‘ए’ मै समावेश

सन्दीप पनि ग्रेड ‘ए’ मै समावेश

  • शुक्रवार, आषाढ २१ २०८१

  • 2.0K
    SHARES

  • सन्दीप पनि ग्रेड ‘ए’ मै समावेश

    काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान तथा स्पिनर सन्दीप लामिछानेलाई ग्रेड ‘ए’ मा राख्ने निर्णय गरेको छ। क्यान स्रोतकाअनुसार उनलाई ग्रेडिङमा समावेश गर्ने निर्णय जुलाई १ देखि लागू भएको छ।

    यसअघि सन्दीप बलात्कारको आरोप लागेपछि ग्रेडिङ बाहिर थिए। अदालतले उनलाई आरोपबाट सफाई दिएपछि ग्रेडिङमा समावेश गरिएको हो। जिल्ला अदालतले गरेको फैसला उच्च अदालतले उल्टाउँदै उनलाई सफाइ दिएको थियो।

    क्यानले यसै वर्षदेखि ग्रेड एमा रहेका खेलाडीलाई मासिक एक लाख रूपैयाँ पारिश्रमिक निर्धारण गरेको छ। यस्तै बी ग्रेडले ७० हजार, सी ग्रेडले ५५ हजार, डी ग्रेडले ३५ हजार र इमर्जिङ क्याटोगोरीले २५ हजार रूपैयाँ पाउने क्यानले जनाएको छ।


    शुक्रवार, आषाढ २१ २०८१०४:२६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij