काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको हङकङमा पनि शाखा विस्तार भएको छ। विगत लामो समयदेखी हङकङलाई कर्मथलो बनाएर लोक तथा दोहोरी गीत संगितमा योगदान दिँदै आउनु भएकी गायिका मन्जु थापाको नेतृत्वमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, हङकङ शाखाको तदर्थ समिति गठन गरिएको हो।
नेपालीहरुको उल्लेख्य बसोबास रहेको हङकङमा विगत लामो समयदेखी थुप्रै नेपाली लोक गीत संगितमा आवद्ध व्यक्तिहरुको सक्रियतामा नियमित रुपमा नेपाली सांस्कृतिक कार्यक्रम हुँदै आएका छन्।
यसैलाई मध्यनजर गरेर प्रतिष्ठानले गरेको तदर्थ समिति गठनले हङकङमा नेपाली लोक सङ्गितको थप प्रवर्द्दन, कलाकारहरुको संस्थागत एकता सङ्गै साङ्गितिक कार्यक्रमहरुमा लोक कलाकार र लोक सङ्गितको गर्विलो संस्थागत सकृयता रहने अपेक्षा गरिएको छ ।
प्रचारप्रसार विभाग संयोजक एवं लोक तथा दोहोरी गायक राजकुमार रायमाझीले प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रिता थापा मगरको प्रमुख आतिथ्यतासङ्गै केन्द्रीय साङ्गठनिक उपमहासचिव शिरीष देवकोटा, उपत्यका समन्वय समितिका प्रवक्ता निर आले, हङकङ निवासी लोक गीत सङ्गितमा आवद्ध कलाकारहरु सङ्गै बिभिन्न सङ्घ संस्थाका अध्यक्ष एबम प्रतिनिधीहरुको बिशेष उपस्थितीमा यहि हप्ता विषेश भेलामार्फत तदर्थ समिति गठन गरिएको जानकारी दिनुभयो ।