काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सहकारी प्रकरणका दोषी पद र शक्तीको आडमा जोगिन नपाउने बताउनुभएको छ ।
संसदीय छानबिन विशेष समितिबाट दोषी ठहरिने जुनसुकै ओहदा र दलका व्यक्ती भए पनि कारबाही हुने बताउँदै नेता खतिवडाले यो प्रकरणमा नाम मुछिएका व्यक्तिहरु प्रत्यक्ष अप्रत्यक्षरुपमा संलग्न भएको देखिने स्पष्ट पार्नुभयो । सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेको नाम जोडिएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै कांग्रेस नेता खतिवडाले संसदीय छानबिन समितिले दल, पद र शक्तीलाई नहेरि निष्पक्षरुपमा दोषी ठह¥याएर कारबाहीको दायरामा ल्याउने पनि विश्वास व्यक्त गर्नुभयो ।
सहकारीबाट ठगिएका ७३ लाख जनताले न्याय पाउँन् भन्ने पक्षमा हिजो आज र भोलि पनि आफूहरु रहेको बताउँदै उहाँले जनताको पैसा खाएर शक्ती आडमा कोहि पनि उम्किन नपाउने दोहो¥याउनुभयो ।
सहकारी बचतमा देखिएको अपचलनको छानबिन गर्न भन्दै यहि १५ गते प्रतिनिधिसभा बैठकले सात सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समय तोकिएको छ । यस्तै नेता खतिवडाले गृहमन्त्री लामिछानेले काम केहि पनि नगर्ने बोल्ने र प्रतिपद्धता गर्ने मात्रै गरिरहेको आरोप लगाउनुभएको छ ।