Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जीवनको उत्तरार्द्धमा पनि जनयुद्धभन्दा बढी सक्रिय छुँ : प्रचण्ड

जीवनको उत्तरार्द्धमा पनि जनयुद्धभन्दा बढी सक्रिय छुँ : प्रचण्ड

  • शुक्रवार, आषाढ ७ २०८१

  • 878
    SHARES

  • जीवनको उत्तरार्द्धमा पनि जनयुद्धभन्दा बढी सक्रिय छुँ : प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा भन्दा बढी अहिले देशको काममा खटेको दाबी गर्नुभएको छ। शुक्रबार बुद्धिजीवी संगठनको राष्ट्रिय सम्मेलनलाई काठमाडौँमा सम्बोधन गर्दै उहाँले जीवनको उत्तरार्द्धमा पुग्दासमेत आफू पार्टी, आन्दोलन र देशको आवश्यकता अनुसार सक्रिय रहेको बताउनुभयो ।

    ‘जीवनको उत्तरार्द्धतिर लागेको छु । जनयुद्धमा भन्दा बढी अहिले खटेको छु । त्यतिबेला जीवन सरल थियो । भन्न त मान्छेले कहिले यता कहिले उता भन्छन् । तर मैले पार्टी, आन्दोलन र देशको आवश्यकता अनुसार सक्रिय भूमिका निर्वाह गरेको छु’, उहाँले भन्नुभयो, ‘सदनमा भएका र बाहिर भएका दलहरूलाई पनि संयोजन गर्ने काम गरिराखेको छु । अझ कांग्रेस, एमालेभित्रको समस्या पनि मैले नै समाधान गर्नु परेको जसरी मैले नै काम गरिराख्नु परिराखेकै छ । जीवनको अन्तिमसम्म पनि सक्रिय रहने प्रण गरेको छु ।’

    पार्टी विभाजनको अप्ठ्यारा झेलेर पनि फेरि वृहत् एकताको नयाँ प्रक्रियातिर बल गरिराखेको उहाँले बताउनुभयो । साथै शान्ति सम्झौताको हस्ताक्षरकर्ताहरूको बीचमा समझदारीका साथ अन्तिम टुङ्गो लगाउने कोसिस गरिराखेको प्रचण्डले जिकिर गर्नुभयो ।


    शुक्रवार, आषाढ ७ २०८१०३:१०:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij