Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

टी–२० विश्वकप : अफगानिस्तानविरुद्ध भारत ४७ रनले विजयी

टी–२० विश्वकप : अफगानिस्तानविरुद्ध भारत ४७ रनले विजयी

  • शुक्रवार, आषाढ ७ २०८१

  • 955
    SHARES

  • टी–२० विश्वकप : अफगानिस्तानविरुद्ध भारत ४७ रनले विजयी

    काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह १ को पहिलो खेलमा भारत विजयी भएको छ। बिहीबार राति भएको खेलमा अफगानिस्तान ४७ रनले पराजित भएको हो।

    सुरुमा ब्याटिङ गरेको भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा सबै विकेट गुमाउँदै १३४ रनमा समेटिएको हो।

    अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाईले सर्वाधिक २६ रन प्रहार गरे। नजिबुल्लाह जादरानले १७ बलमा १९ रन जोड्दा गुलबदिन नाइब १७, मोहम्मद नाबी १४ रनमा आउट हुँदा रहमनुल्लाह गुरबाजले ११ रन बनाए।

    भारतका लागि जसप्रित बुमराहले तीन विकेट हात पारे। चार ओभर बलिङ गरेका उनले १ मेडेन राखेर मात्र ७ रन दिए। अर्शदीप सिंहसमेत तीन विकेट हात पारे। उनले चार ओभरमा ३६ रन खर्चिए। कुल्दीप यादवले दुई विकेट हात पार्दा रवीन्द्र जडेजा र अक्षर पट्टेलले एक एक विकेट लिए ।

    टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेटको क्षतिमा १८१ रन बनाएको थियो। सुरुवात राम्रो नभए पनि भारतको मध्यक्रमका ब्याट्सम्यानले सम्हालिएर खेलेका थिए।

    कप्तान रोहित शर्मा ८ रन बनाएर आउट भएका थिए। विराट कोहलीले २४ बलमा २४ रन बनाउँदा ऋषभ पन्तले ११ बलमा ४ चौका हिर्काउँदै २० रन बनाएका थिए।

    भारतका लागि सूर्यकुमार यादवले ५३ रन जोडे। २८ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। हार्दिक पाण्डेयले २४ बलमा ३२ रनको योगदान दिए। अन्तिम ओभर ब्याटिङ गर्न पुगेका अक्षर पट्टेलले १२ रन बनाए।

    अफगानिस्तानका लागि फजलहल फारुकी र कप्तान रासिद खानले तीनतीन विकेट हात पारे। सुपर ८ को पहिलो खेलमा भारतले अपराजित यात्रा कायमै राखेको हो। समूह १ मा भारत, अफगानिस्तानसँगै अस्ट्रेलिया र बंगलादेश छन्।


    शुक्रवार, आषाढ ७ २०८१०६:४७:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij