Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

अब नेपाली रेडियो एक कदम अगाडी

अब नेपाली रेडियो एक कदम अगाडी

  • बुधवार, आषाढ ५ २०८१

  • 853
    SHARES

  • अब नेपाली रेडियो एक कदम अगाडी

    काठमाडौं । हामी नेपालीहरूको लागि सूचनाको सहज पहुँच सुनिश्चित गर्न, नेपाली रेडियोका कार्यक्रमहरू अब आफ्नो समय अनुसार सुन्न सकिन्छ। देश विदेशमा रहेका नेपालीहरूका लागि लोकप्रिय नेपाली रेडियो कार्यक्रमहरू श्रोताहरूको समयानुकूल नहुँदा, रेडियोबाट प्रसारित हुने महत्वपूर्ण सूचनाहरू छुट्ने गर्थ्यो।

    यस समस्यालाई पहिचान गरी नेपालको पहिलो डिजिटल पात्रो नेपाली पात्रोले समाधानसहितको सुविधा ल्याएको छ। नेपालमा पहिलो पटक, नेपाली रेडियोबाट प्रसारित हुने कार्यक्रमहरू नेपाली पात्रोमा श्रोता मित्रहरूको समय अनुसार सुन्न सकिन्छ। सम्बन्धित रेडियोको पछिल्लो ४८ घण्टाका कार्यक्रमहरू नामसहित अडियोमा उपलब्ध हुने जानकारी नेपाली पात्रोले दिएको छ। यसको लागि, नेपाली पात्रो डाउनलोड गरेर रेडियो फिचरमा सम्बन्धित रेडियोको पेजमा छुटेका तथा प्रसारित कार्यक्रमहरूको नाम तथा प्रसारण समय उपलब्ध छ।

    नेपाली प्रयोगकर्ताहरू माझ स्पष्ट, विश्वसनीय पात्रो, पंचांग, राशिफल तथा सार्वजनिक बिदाहरू साथै नेपालका लोकप्रिय समाचार स्रोतबाट निरन्तर समाचार अपडेट गर्ने नेपाली पात्रो गुगल प्ले स्टोरमा ४.३ स्टार रेटिङ्गसाथ लोकप्रिय भएको देखिन्छ। नेपालका चार सयभन्दा बढी लोकप्रिय रेडियोहरूबाट सूचना, जानकारीमूलक तथा मनोरंजनात्मक सामग्री सुन्न सकिन्छ। पेट्रोलियम पदार्थको मूल्य, विनिमय दर, सुनचाँदीको मूल्यसूची, तरकारीको बजार भाउ जस्ता दैनिक आवश्यकताका फिचरका कारण एपमा सक्रिय प्रयोगकर्ताको संख्या पनि उल्लेखनीय छ।

    "हामी ‘नेपाली पात्रो’ लाई अझ उपयोगी तथा प्रयोगकर्ता मैत्री बनाउन नयाँ प्रविधिको प्रयोगमा काम गर्दै सुरक्षित प्रविधि प्रयोगको सुनिश्चितता गर्दछौं। साथै प्रयोगकर्ताहरूको सल्लाह सुझाबलाई आत्मसाथ गर्दै अगाडि बढेको यस एप्लिकेसनले आगामी दिनहरूमा पनि तपाईंहरूको सल्लाह सुझावलाई अनुसरण गर्दै अगाडि बढ्नेमा पूर्ण विश्वास दिलाउन चाहन्छौं," नेपाली पात्रोले प्रेसविज्ञप्ति मार्फत जानकारी दिएको छ।


    बुधवार, आषाढ ५ २०८१०३:०५:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij