Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

टी–२० विश्वकपमा आजदेखि ‘सुपर ८’का खेल,  पहिलो खेलमा अमेरिका र दक्षिण अफ्रिका भिड्दै

टी–२० विश्वकपमा आजदेखि ‘सुपर ८’का खेल,  पहिलो खेलमा अमेरिका र दक्षिण अफ्रिका भिड्दै

  • बुधवार, आषाढ ५ २०८१

  • 1.4K
    SHARES

  • टी–२० विश्वकपमा आजदेखि ‘सुपर ८’का खेल,  पहिलो खेलमा अमेरिका र दक्षिण अफ्रिका भिड्दै

    काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आजदेखि दोस्रो चरण अर्थात् ‘सुपर–आठ’ का खेल शुरु हुँदैछन् । ‘सुपर–आठ’ को पहिलो खेलमा आज आयोजक अमेरिका र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ । यो खेल नेपाली समयअनुसार राति सवा ८ बजे एन्टिगुवामा शुरु हुनेछ ।

    दक्षिण अफ्रिका समूह चरणका खेलमा अपराजित रहँदै ‘सुपर ८’पुगेको हो । समूह चरणमा चार जित निकाल्दै समूह ‘डी’को विजेता बनेको साउद अफ्रिकालाई विश्वकपको दाबेदार टिम मानिन्छ ।

    समूह चरणको पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गरेको साउथ अफ्रिकाले दोस्रो खेलमा नेदरल्यान्ड्समाथि चार विकेटको जित निकालेको थियो । तेस्रो खेलमा बंगलादेशमाथि ४ रनले विजयी भएको दक्षिण अफ्रिका नेपालसँगको सनसनीपूर्ण चौथो खेलमा १ रनले विजयी भएको थियो ।

    समूह ‘ए’मा रहेको अमेरिका भने समूह चरणका दुई खेलमा जित, एक खेलमा अंक बाँडेको अमेरिका एक खेलमा हारसहित समूहको उपविजेता बन्दै सुपर ८ पुगेको हो । अमेरिका सुपर–आठमा पुग्ने एक मात्र एसोसियट टोली हो ।

    पहिलो खेलमा क्यानडामाथि ७ विकेटको शानदार जित निकालेको अमेरिले दोस्रो खेलमा पाकिस्तानसँग सुपर ओभर खेलेको थियो । पाकिस्तानसँग सुपर ओभरमा विजयी भएको अमेरिका तेस्रो खेलमा भारतसँग ७ विकेटले पराजित भयो । चौथो खेलमा भने भारतले आयरल्यान्डसँग अंक बाँडेको हो । अमेरिका पाँच अंक जोड्दै समूहको उपविजेता बनेर ‘सुपर ८’ पुगेको हो ।

    आयोजक अमेरिका र दक्षिण अफ्रिकाको सुपर ८ को पहिलो भिडन्तलाई रोचक रुपमा लिइएको छ । ‘सुपर ८’ मा खेल्ने आठ टोलीको टुङ्गो यसअघि नै लागिसकेको छ । यी आठ टोली मध्ये समूह १ मा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बङ्गलादेश छन् । समूह २ मा दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज र इङ्गल्यान्ड छन् । दुई समूहमा विभाजन गरिएका यी आठ टोली मध्ये दुवै समूहबाट शीर्ष टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

    ‘सुपर–आठ’ का खेल जुन २५ तारिखसम्म चल्ने छ । जुन २६ र २७ मा सेमिफाइनल तथा जुन २९ तारिखमा फाइनल खेल हुनेछ । 

    नवौँ संस्करणमा अमेरिका समूह ‘ए’को उपविजेता हुँदै सुपर–आठमा पुगेको हो । अमेरिका सुपर–आठमा पुग्ने एक मात्र एसोसियट टोली हो । एसोसियट टोली नेपाल, ओमान, क्यानडा, स्कटल्यान्ड, नेदरल्यान्ड्स, युगान्डा, पपुवा न्यूगिनी (पीएनजी) र नामिबिया पहिलो चरणबाटै बाहिरिए ।

    १० वर्षपछि विश्वकप खेलेको नेपाल समूह ‘डी’ मा एक अङ्कमात्रै जोडेर बाहिरिएको हो । सुपर–आठमा आयोजक अमेरिका र वेस्ट इन्डिजसँगै दक्षिण अफ्रिका, भारत, अफगानिस्तान, बङ्गलादेश, इङ्ग्ल्यान्ड र अस्ट्रेलिया पुगेका छन् ।

    ‘सुपर–आठ’ का खेल जुन २५ तारिखसम्म चल्ने छ । जुन २६ र २७ मा सेमिफाइनल तथा जुन २९ तारिखमा फाइनल खेल हुनेछ । 

     


    बुधवार, आषाढ ५ २०८१०८:३४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij