Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

टी–२० अन्तर्राष्ट्रियमा  सन्दीपको एक सयौं विकेट पूरा

टी–२० अन्तर्राष्ट्रियमा  सन्दीपको एक सयौं विकेट पूरा

  • सोमवार, आषाढ ३ २०८१

  • 1.6K
    SHARES

  • टी–२० अन्तर्राष्ट्रियमा  सन्दीपको एक सयौं विकेट पूरा
    काठमाडौं । सन्दीप लामिछानेको टी–२० आई क्रिकेटमा एक सयौं विकेट पूरा भएको छ । वेस्ट इन्डिज र अमेरिकामा जारी विश्व कप टी–२० विश्व कप समूह चरणमा बंगलादेशविरुद्धको अन्तिम खेलमा २ विकेट लिदै सन्दीपले टी–२० मा सयौं विकेट पूरा गरेका हुन् ।
     
    नेपालबाट ५४औँ खेलमा यो कोशेढुंगा पार गरेको सन्दीप नेपालबाट १००औँ ट्वान्टी–२० विकेट लिने पहिलो बलरसमेत हुन् । सन्दीप ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने दोस्रो बलर बने । सन्दीपअघि रहेका अफगानिस्तानका राशिद खानले ५३ खेलमा १०० विकेट पूरा गरेका थिए ।
     
    विश्व कपमा उनको यो दोस्रो खेल हो । अमेरिकाले भिसा नदिएपछि सन्दीप अन्तिम दुई खेलका लागि मात्र टोलीमा समेटिएका थिए । नेपाली टोली सेन्ट भिन्सेन्ट आउनु अघि नै सन्दीप यहाँ पुगिसकेका थिए ।
     
    दक्षिण अफ्रिकाविरुद्ध खेले पनि त्यसमा भने उनी विकेट विहीन रहेका थिए । उनले त्यो खेलमा ४ ओभरमा १८ रन खर्चेका थिए ।


    सोमवार, आषाढ ३ २०८१०६:४८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij