Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

बागमती सरकारले ल्यायो ६४ अर्ब ५४ करोड ४ लाखको बजेट (पूर्णपाठसहित)

बागमती सरकारले ल्यायो ६४ अर्ब ५४ करोड ४ लाखको बजेट (पूर्णपाठसहित)

  • शनिवार, आषाढ १ २०८१

  • 820
    SHARES

  • बागमती सरकारले ल्यायो ६४ अर्ब ५४ करोड ४ लाखको बजेट (पूर्णपाठसहित)
    काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब बढीको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि शनिबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै जगन्नाथ थपलियाले आगामी वर्षका लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।
     
    उहाँले बैठकमा कुल बजेटमध्ये चालूतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगत तर्फ ३६  अर्ब ९३ करोड ८७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गर्नुभएको छ। प्रदेश सरकारले कुल विनियोजनको चालूतर्फ ४०.४४ प्रतिशत, पुँजीगततर्फ ५७.२३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २.३२ प्रतिशत बजेट छुट्ट्याएको छ ।
     
    आगामी आर्थिक वर्षको खर्च बेहोर्ने स्रोतमध्ये कर राजस्वबाट २७ अर्ब ३८ करोड ५७ लाख रुपैयाँ, अन्य राजस्वबाट ६ अर्ब ५१ करोड  रुपैयाँ, सङ्घीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ६५ लाख रुपैयाँ, चालू आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ८६ करोड रुपैयाँ अनुमान गरिएको छ ।
     
    प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको हो । चालु आर्थिक वर्षमा प्रदेश सरकारले ६२ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।
     


    शनिवार, आषाढ १ २०८१०८:२५:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij