Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा शनिबार साँझदेखि केही शीतल हुने

काठमाडौंमा शनिबार साँझदेखि केही शीतल हुने

  • शनिवार, आषाढ १ २०८१

  • 881
    SHARES

  • काठमाडौंमा शनिबार साँझदेखि केही शीतल हुने

    काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा शनिबार केही घटेको छ । शनिबार साँझदेखि यहाँ केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    शनिबार साँझदेखि काठमाडौं उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने जानकारी दिँदै विभागका मौसमविद् सरोज पुडासैनीले शनिबार अपराह्न र राति यहाँ मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको बताउनुभयो ।

    मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्नेक्रम जारी छ तर यसलाई प्रिमनसुन गतिविधि नै मान्नुपर्ने उहाँले बताउनुभयो ।

    शुक्रबारको तुलनामा शनिबार आंशिकदेखि साधारणतया बदली हुने मौसमविद् पुडासैनीले बताउनुभयो । शनिबार यहाँको अधिकतम तापक्रम २९ देखि ३१ क डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । शुक्रबार यहाँको अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

     


    शनिवार, आषाढ १ २०८१०१:५४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij