Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

न्याय परिषद् बैठक आह्वान, होला त न्यायाधीशको नियुक्ति ?

न्याय परिषद् बैठक आह्वान, होला त न्यायाधीशको नियुक्ति ?

  • बिहिवार, जेठ ३१ २०८१

  • 342
    SHARES

  • न्याय परिषद् बैठक आह्वान, होला त न्यायाधीशको नियुक्ति ?

    काठमाडौं । न्याय परिषद् बैठक लागि आह्वान भएको छ । बिहीबार अपराह्नका लागि परिषद्को बैठक आह्वान भएको हो । न्याय परिषद् सचिवालयका अनुसार बैठकमा न्यायाधीश नियुक्तिका लागि सिफारिससहितका विभिन्न एजेन्डा तय गरिएको छ ।

    परिषद् सचिवालयले आजको बैठकमा सर्वोच्चमा चार रिक्त न्यायाधीश नियुक्तिका लागि आवश्यक छलफल गरेर सकेसम्म आजै सिफारिस हुनेछ । सर्वोच्चका वरिष्ठतम् न्यायाधीश आनन्द मोहन भट्टराई अवकाशमा जान लागेको र मुद्दाको चाप व्यवस्थापनका लागि पनि तत्काल सर्वोच्चमा रिक्त न्यायाधीश सिफारिस गर्नुपर्ने बाध्यता रहेको छ ।

    यस्तै जिल्ला न्यायाधीशको लोकसेवाको नतिजा प्राप्त भएको र न्याय सेवा आयोगले त्यसलाई अनुमोदन गरिसकेकाले परिषद्ले अनुमोदन गर्ने बताइएको छ ।


    बिहिवार, जेठ ३१ २०८१०२:१४:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij