Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरू खेल्ने

सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरू खेल्ने

  • सोमवार, जेठ २८ २०८१

  • 2.5K
    SHARES

  • सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरू खेल्ने

    काठमाडौं। अन्ततः नेपाली क्रिकेटर सन्दीप लामिछाने जारी आईसीसी पुरुष टी–२० विश्वकपअन्तर्गत वेस्ट इन्डिजमा हुने खेलहरू खेल्ने भएका छन् । नेपाल क्रिकेट संघले सोमाबार एक विज्ञप्तिमार्फत सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने भएका जानकारी दिएको हो ।

    ‘जारी आईसीसी पुरुष टी–२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौँ। सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ ।

    447740643_883979943758387_1311335937580411858_n_kE6hY9nTdp.webp


    सोमवार, जेठ २८ २०८१०७:३२:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij