Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, भारतीय विदेश मन्त्रालयका अधिकारीको स्वागत

प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, भारतीय विदेश मन्त्रालयका अधिकारीको स्वागत

  • आइतवार, जेठ २७ २०८१

  • 754
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, भारतीय विदेश मन्त्रालयका अधिकारीको स्वागत

    काठमाडौं । समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन भारत गएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको प्रतिनिधिमण्डल नयाँ दिल्ली पुगेको छ ।

    प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका अधिकारीले स्वागत गरेका थिए ।

    प्रधानमन्त्री दाहालका साथमा स्वकीय सचिव गंगा दाहाल, कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी छन् ।

    प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ ।

    भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उनीबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ ।

     


    आइतवार, जेठ २७ २०८१०४:५४:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij