Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

मधेसमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन, कसलाई कुन मन्त्रालय ?

मधेसमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन, कसलाई कुन मन्त्रालय ?

  • शुक्रवार, जेठ २५ २०८१

  • 1.0K
    SHARES

  • मधेसमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन, कसलाई कुन मन्त्रालय ?
    काठमाडौं । मधेस प्रदेशमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। शुक्रबार जनमत पार्टीका सांसद सतिशकुमार सिंह मुख्यमन्त्री नियुक्त भएलगत्तै मधेस प्रदेशमा मन्त्रिपरिषद् गठन गरिएको हो।
     
    प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्री सिंहको सिफारिसमा कार्य विभाजनसहित मन्त्रिपरिषद् गठन गरेको प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। जसअनुसार सिंह नेतृत्वको मन्त्रिपरिषद्‌मा सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री बन्नुभएको छ।
     
    यस्तै भरतप्रसाद साह अर्थमन्त्री, गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी, युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन, शत्रुधनप्रसाद सिंह स्वास्थ्य तथा जनसङ्ख्या, बेची लुंगेली ऊर्जा, सिँचाइ तथा खानेपानी, प्रमोदकुमार जयसवाल खेलकुद तथा समाज कल्याणमन्त्री बन्नुभएको छ। 
     
    यसैगरी विमला अन्सारी गृह, सञ्चार तथा कानुन, उर्मिला चौधरी श्रम तथा यातायात मन्त्री बन्दा केशव राय, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री, शारदादेवी थापा शिक्षा तथा संस्कृति राज्यमन्त्री र रञ्जुकुमारी मण्डल बिना विभागीय राज्यमन्त्री तोकिनुभएको छ।
     
    यसअघि आजै मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनले ५५ जनाको नामावली पेस गरेको थियो। प्रदेश प्रमुखको कार्यालयले बुधबार विज्ञप्ति जारी गरी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आज बिहान १० बजेसम्मको समय दिएको थियो। 
     
    सो समयअघि नै एमाले–माओवादी गठबन्धनले  जनमत पार्टीका नेता सिंहको नेतृत्वमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुखसमक्ष नामावली बुझाएको थियो । त्यसपछि प्रदेश प्रमुखले आवश्यक प्रक्रिया पुर्‍याएर सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
     
    sapath-0762024091847-1000x0.jpg


    शुक्रवार, जेठ २५ २०८१०२:४३:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij