काठमाडौं। सेयर बजार परिसूचक नेप्सेमा आज पनि ओरालो यात्रा जारी रहेको छ। आज नेप्से १.९३ अंक घटेर २०७७.७८ विन्दुमा बन्द भएको हो। आज चार अर्ब ३८ करोड ८२ लाखको सेयर कारोबार भएको हो।
आज इमर्जिङ नेपाल लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य ९.८८ प्रतिशतले वृद्धि भएको छ ।
यसदिन १०१ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १३५ कम्पनीको सेयर मूल्य घटेको छ। ११ कम्पनीको सेयर मूल्य स्थिर छ। कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक वृद्धि भएको छ।
बाँकी समूहको परिसूचक घटेको छ ।सर्वाधिक परिसूचक वृद्धि व्यापार समूहको भएको छ। यो समूहको परिसूचक १.९६ प्रतिशतले वृद्धि भएको छ ।