काठमाडौं।अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२को बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनु भएको छ। प्रतिनिधी सभामा बजेटमाथिको छलफल सकिएसँगै अर्थमन्त्री पुनले आज छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनु भएको हो।
बैठकमा सांसदहरूले गरेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले बजेट तर्जुमा गर्दा नेपालको संविधान, सोह्रौँ योजनाको सोच, गणतन्त्रको डेढ दशकको उपलब्धिको समीक्षा र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा माननीय सदस्यहरूबाट व्यक्त भएको रचनात्मक सुझाव, नेपाल सरकारको नीति तथा कार्यक्रम एवम् नेपाल सरकारले अन्तर्राष्ट्रिय जगतमा व्यक्त गरेको प्रतिबद्धतालाई प्रमुख आधारको रूपमा ग्रहण गरी बजेट तर्जुमा गरिएको बताउनु भयो।
त्यस क्रममा उहाँले अर्थतन्त्र चलायमान हुँदै गएको, निजी क्षेत्रको मनोबल बढ्दै गएकोले वित्तीय क्षेत्रबाट लगानीयोग्य पुँजी थप परिचालन हुने, भर्खरै सम्पन्न भएको लगानी सम्मेलनमा व्यक्त भएका प्रतिबद्धता बमोजिम थप वैदेशिक लगानी परिचालन हुनेछ। यसैगरी विगतका वर्षहरूभन्दा आगामी आर्थिक वर्षमा पुँजीगत खर्चमा भएको वृद्धि भएको बताउनुभयो।
यस्तो छ अर्थमन्त्री पुनले दिएको जवाफको पूर्णपाठः