Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विश्वकप क्रिकेट: पहिलो खेलमा नेपाल पराजित

विश्वकप क्रिकेट: पहिलो खेलमा नेपाल पराजित

  • बुधवार, जेठ २३ २०८१

  • 533
    SHARES

  • विश्वकप क्रिकेट: पहिलो खेलमा नेपाल पराजित

    काठमाडौं।आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको हो।

    नेपालले दिएको १ सय ७ रनको लक्ष्य नेदरल्याण्ड्सले ८ बल बाँकी छँदै ४ विकेट गुमाएर भेट्टायो।  

    उसका लागि म्याक्स ओडाउडले अर्धशतकीय पारी खेले । उनी ५४ रनमा अविजित रहे। विक्रमजित सिंहले २२ र साइब्राण्ड एन्जलब्रेटले १४ रन बनाउँदा कप्तान स्कट इडवार्डस् ५ रनमा आउट भए।

    नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनाश बोहोराले एक/एक विकेट लिए।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ दशमलव २ ओभरमा अलआउट हुँदै १ सय ६ रन बनाएको थियो। नेदरल्याण्ड्सलाई १०७ रनको विजयी लक्ष्य दिएको छ । 


    बुधवार, जेठ २३ २०८१०५:२९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij