Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • मंगलवार, जेठ २२ २०८१

  • 554
    SHARES

  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
    काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 
     
    बैठकमा आर्थिक वर्ष २०८१०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख छ ।
     
    आज  शोक प्रस्ताव प्रस्तुत गर्ने विषय पनि कार्यसूचीमा उल्लेख छ । संविधानसभा सदस्य तथा पूर्व मन्त्री सूर्यमान गुरुङ, २०४८ सालको प्रतिनिधिसभा सदस्य शैयद मेहराज अहमद शाह र राष्ट्रियसभाका पूर्व सदस्य खगेन्द्रराज रेग्मीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
     
    sams.webp


    मंगलवार, जेठ २२ २०८१०६:४४:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij