Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

१० वर्षपछि विश्वकपमा प्रतिस्पर्धा गर्दै नेपाल, पहिलो खेलमा आज नेदरल्यान्ड्ससँग भिड्दै

१० वर्षपछि विश्वकपमा प्रतिस्पर्धा गर्दै नेपाल, पहिलो खेलमा आज नेदरल्यान्ड्ससँग भिड्दै

  • मंगलवार, जेठ २२ २०८१

  • 2.8K
    SHARES

  • १० वर्षपछि विश्वकपमा प्रतिस्पर्धा गर्दै नेपाल, पहिलो खेलमा आज नेदरल्यान्ड्ससँग भिड्दै

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज १० वर्षपछि आईसीसी ट्वान्टी २० विश्वकपमा प्रतिस्पर्धा गर्दै छ । नेपालले मंगलबार (आज)को खेलमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । 

    ट्वान्टी २० विश्वकपमा नेपालले १० वर्षपछि चुनौती प्रस्तुत गर्न लागेको हो । यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो । नेपालले उक्त संस्करणमा समूह चरणको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध खेलेको थियो । 

    अमेरिकाको ड्यालसमा हुने खेल नेपाली समयअनुसार राति ९ः१५ बजेदेखि सुरु हुनेछ । विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन् । यी दुई टोलीबीच हालसम्म १२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल भइसकेका छन् र स्थिति लगभग बराबरीको छ। नेदरल्यान्ड्सले ६ खेल जितेको छ भने नेपालले पाँच खेल जितेको छ। एक खेलको नतिजा आएको छैन।

    नेदरल्यान्ड्स ट्वान्टी २० विश्वकपमा नेपालको चौथो प्रतिद्वन्दीसमेत हो । यसअघि नेपालले सन् २०१४ मा हङकङ, बंगलादेश र अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको थियो ।

    नेपाल र नेदरल्यान्ड्सबीचको खेलअघि आज अन्य दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘सी’ का अफगानिस्तान र युगान्डाबीच प्रतिस्पर्धा हुनेछ । दुवै टिम पहिलो पटक आईसीसीबाट मान्यताप्राप्त क्रिकेटमा आमने–सामने हुन लागेका हुन् । यो खेल बिहान ६ः१५ बजेदेखि सुरु हुनेछ ।

    आजको दोस्रो खेलमा समूह ‘बी’ का इंग्ल्यान्ड र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल राति ८ः१५ बजेदेखि सुरु हुनेछ ।


    मंगलवार, जेठ २२ २०८१०६:३३:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij