Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

टी–२० विश्वकप : दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हरायो

टी–२० विश्वकप : दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हरायो

  • मंगलवार, जेठ २२ २०८१

  • 914
    SHARES

  • टी–२० विश्वकप : दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हरायो

    काठमाडौं । आइसिसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ । सोमबार राति भएको खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको हो ।

    श्रीलंकाले दिएको ७८ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.२ ओभरमा चार विकेट गुमाएर भेट्टायो । उसका लागि क्वीनटन डी ककले सर्वाधिक २० रन बनाए । त्यस्तै, हेनरिक क्लासनले १९, ट्रिस्टन स्टबसले १३ तथा कप्तान ऐडन मार्क्रमले १२ रन बनाए । श्रीलंकाका लागि कप्तान वनिन्दु हसरंगाले दुई विकेट लिए । नुवान तुसारा र दासुन सनाकाले एक एक विकेट लिए ।

    त्यसअघि अमेरिकाको न्यू योर्कमा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले १९.१ ओभरमा अलआउट हुनुअघि ७७ रन बनाएको थियो । श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक १९ रन बनाए । त्यस्तै, एन्जेलो म्याथ्युजले १६ कामिन्डु मेन्डिसले ११ रन बनाए । श्रीलंकाका अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेखनीय रहेन ।

    दक्षिण अफ्रिकाका एनरिज नोर्टजे एक्लैले चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले मात्र सात रन खर्चिए । त्यस्तै केशव महाराज र कागिसो रबाडाले दुईदुई विकेट लिए ।


    मंगलवार, जेठ २२ २०८१०६:०६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij