Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य घट्यो

पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य घट्यो

  • शनिवार, जेठ १९ २०८१

  • 1.6K
    SHARES

  • पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य घट्यो

    काठमाडौं । पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलको प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो । घटेको मूल्य आजदेखि लागू हुने छ ।

    निगमका अनुसार शुक्रबार नै भारतीय आयल कर्पोरेशनले पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ रुपैयाँ घटाएर नयाँ मूल्यसूची पठाएको थियो । यस्तै डिजेलको मूल्य प्रतिलिटर २।४५ रुपैयाँ घटेर आएको थियो ।

    सरकारले बजेट वक्तव्यमार्फत सरकारले लगाएको हरित करसमेत जोडेर निगमले मूल्य समायोजन गरेको जनाएको छ । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने हाल यथावत् रहेको जनाएको छ ।

     


    शनिवार, जेठ १९ २०८१०५:५३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij