Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सन्दीप अमेरिकी दूतावासमा, केहीबेरमा अन्तर्वार्ता हुने

सन्दीप अमेरिकी दूतावासमा, केहीबेरमा अन्तर्वार्ता हुने

  • बिहिवार, जेठ १७ २०८१

  • 1.0K
    SHARES

  • सन्दीप अमेरिकी दूतावासमा, केहीबेरमा अन्तर्वार्ता हुने
    काठमाडौं । क्रिकेटर सन्दीप सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले अन्तर्वार्ताका लागि अमेरिकी दूतावासले बोलाएको छ । परराष्ट्र मन्त्रालयले दूतावासलाई नोट पठाएपछि लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको हो ।
     
    स्रोतका अनुसार परराष्ट्रले बुधबार दूतावासलाई नोट पठाएको बुझिएको छ । बिहीबार(आज) खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले लामिछानेसँग भेटे गर्नुभएको थियो । भेटमा उहाँले सरकारले यस विषयमा आवश्यक पहल गरिरहेको बताउँदै भिसा स्वीकृत हुनेमा आशा व्यक्त गर्नुभएको थियो ।
     
    सन् २०१९ मा पनि अमेरिकन दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । अमेरिकाले भिसा दिन अस्वीकार गरेको कुरा सामाजिक सञ्जालमा पोस्ट गरेपछि दूतावासले बोलाएर सन्दीपलाई भिसा दिएको थियो ।
     
    नेपाल क्रिकेट संघको निर्णयअनुसार उनी वेस्टइन्डिज र अमेरिकामा यही जुनमा हुने टी२० विश्वकप खेल्न जाने तयारीमा छ । नेपाली टोली यसअघि नै विश्वकप खेल्न गइसकेको छ।


    बिहिवार, जेठ १७ २०८१०४:०२:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij