Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गृहमन्त्री लामिछानेको नाम समितिमा राख्ने निर्णयबाट कांग्रेस ब्याक, संसद बैठकपछि पत्रकार सम्मेलन गर्ने

गृहमन्त्री लामिछानेको नाम समितिमा राख्ने निर्णयबाट कांग्रेस ब्याक, संसद बैठकपछि पत्रकार सम्मेलन गर्ने

  • मंगलवार, जेठ १५ २०८१

  • 426
    SHARES

  • गृहमन्त्री लामिछानेको नाम समितिमा राख्ने निर्णयबाट कांग्रेस ब्याक, संसद बैठकपछि पत्रकार सम्मेलन गर्ने

    काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकपछि पत्रकार सम्मेलन गर्ने भएको छ।

    प्रतिनिधि सभाको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले संसदीय दलको तर्फबाट संसद भवन परिसरमै पत्रकार सम्मेलनको आयोजना गर्नुहुने भएको छ ।

    पत्रकार सम्मेलन ल्होत्से हल बानेश्वरमा हुनेछ। लामो रस्साकस्सीपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम नै राखेर छानबिन समिति बनाउने अडानबाट कांग्रेस ब्याक भएको थियो।

    अहिले गृहमन्त्री जोडिएको सहकारी र संस्थाको नाम राखेरै सहमति बनाउन तयार भएको छ। योसहित पछिल्ला समसामयिक विषयमा जानकारी गराउन कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो।


    मंगलवार, जेठ १५ २०८१०२:५८:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij