Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

प्रहरी हिरासतमा रहेका कैलाश सिरोहियालाई पुनः तीन दिनको म्याद थप

प्रहरी हिरासतमा रहेका कैलाश सिरोहियालाई पुनः तीन दिनको म्याद थप

  • शुक्रवार, जेठ ११ २०८१

  • 608
    SHARES

  • प्रहरी हिरासतमा रहेका कैलाश सिरोहियालाई पुनः तीन दिनको म्याद थप

    काठमाडौं । जिल्ला अदालत धनुषाले प्रहरी हिरासतमा रहेका कैलाश सिरोहियालाई पुनः तीन दिनको म्याद थप गरेको छ ।

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको तर्फबाट शुक्रबार ७ जना वरिष्ठ अधिवक्ताहरूले बहस गरेका थिए । सिरोहिया पक्षका अधिवक्ताहरुको बहस सकेपछि जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले दोस्रो पटक तीन दिनको म्याद थप गरेको हो ।

    जिल्ला सरकारी वकिलको कार्यालयले सिरोहियालाई ५ दिनको म्याद थप गर्न सिफारिस गरेकोमा न्यायाधीश ज्ञवालीको इजलासले दोस्रो पटक ३ दिनको म्याद थप गरेको अदालतका श्रेस्तेदार कैलाश प्रसाद भट्टराइले जानकारी दिनुभयो ।

    अनुसन्धान नसकिएको भन्दै प्रहरीले म्याद थपको अनुमति मागेपछि दोस्रो पटक म्याद थप भएको हो । किर्ते नागरिकता प्रकरणमा सिरोहियामाथि अनुसन्धान चलिरहेको छ । दोहोरो नागरिकता लिएको भन्दै प्रहरीमा उजुरी परेपछि उनीमाथि अनुसन्धान सुरु गरिएको हो ।

     


    शुक्रवार, जेठ ११ २०८१०७:२१:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij