काठमाडौं। नेपाल क्रिकेट सङ्घ(क्यान)ले श्रीलङ्कामा आयोजना हुने एसिसी महिला एसिया कप क्रिकेटका लागि प्रारम्भिक टोली घोषणा गरेको छ।
क्यानले आगामी जुलाई १९ देखि २८ तारिखसम्म हुने खेलका लागी आज इन्दु बर्माको कप्तानीमा २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो।
एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालको समूहमा भारत,पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) रहेको छ।
यस्तै समूह ‘बी’ मा आयोजक श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन्। नेपालले जुलाई १९ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
नेपालले समूहको दोस्रो खेल जुलाई २१ मा युएई र तेस्रो खेल जुलाई २३ मा भारतसँग खेल्नेछ।
यस्तो छ, प्रारम्भिक टोली
इन्दु बर्मा (कप्तान), सबनम राई, रुबिना छेत्री, सीता रानामगर, खुसी डङ्गोल, विन्दु रावल, कविता कुँवर,रुबी पोदार(विकेटकिपर),लक्ष्मी साउद, सम्झना खड्का, अलिशा खाडिया, कविता जोशी, अप्सरी बेगम, काजोल श्रेष्ठ, करुणा भण्डारी, पूजा महतो, अस्मिना कर्माचार्य, डोली भट्ट, सङ्गीता राई, आरति महतो, रोमा थापा, सावित्री धामी, ममता चौधरी, यशोदा विष्ट, किर्तिका मरासिनी, सोनी पाख्रिन, राजमति ऐरी र हेलिशा गुरुङ।