काठमाडौं । जिल्ला अदालत धनुषाको आदेशअनुसार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया तीन दिन हिरासतमा बस्ने भएका छन् ।
अदालतको आदेशपछि सिरोहियाले जिल्ला प्रहरी कार्यालयका डीएसपी रञ्जन अवाको कार्यकक्षमा परिवारका सदस्यसँग भेटघाट गरेका थिए।
नागरिकता कसुरमा पक्राउ परेका सिरोहियामाथि अब प्रहरीले तीन दिनसम्म हिरासतमै राखेर अनुसन्धान गर्ने भएको छ ।