Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

पक्राउ परेपछि कैलाश सिरोहियाले भने सरकारको नवअधिनायकवाद

पक्राउ परेपछि कैलाश सिरोहियाले भने सरकारको नवअधिनायकवाद

  • मंगलवार, जेठ ८ २०८१

  • 567
    SHARES

  • पक्राउ परेपछि कैलाश सिरोहियाले भने सरकारको नवअधिनायकवाद

    काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूलाई कार्यालयबाट गरिएको गिरफ्तारीलाई सरकारको नवअधिनायकवादको संज्ञा दिएका छन् । प्रहरीले पक्राउ गरेर गाडीमा हाल्नुअघि उनले छोटो संवोधन गर्दै सरकार र गृहमन्त्रीविरुद्ध आक्रोश पोखे ।

    सिरोहियाले भने, ‘६२–०६३ मा ज्यानको बाजी लगाएर ल्याएको लोकतन्त्रको नतिजा यही रहेछ ।’

    आफूले अनुसन्धानलाई सघाउँछु भन्दाभन्दै सरकारले अधिनायकवादी चरित्र देखाएको उनले बताए । आफ्नो गिरफ्तारीलाई उनले प्रेस स्वतन्त्रतामाथिको कुठाराघातको संज्ञा पनि दिए । ‘यो प्रेस स्वतन्त्रतामाथिको कुठाराघात हो, म अन्तिमसम्म लड्छु’, सिरोहियाले भने ।

    उनले गृहमन्त्रीको समेत दुईवटा पासपोर्टको मुद्दा भएको बताए ।

    ‘उजुरीकै आधारमा पक्राउ गरिन्छ भने मेरो उजुरीलाई आधार मानेर गृहमन्त्रीमाथि वारेन्ट जारी हुने विश्वासमा छु । उहाँको नाममा भोलि वारेन्ट जारी हुने अपेक्षा छ’, सिरोहियाले भने ।

     


    मंगलवार, जेठ ८ २०८१०७:०३:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij