Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन खोज्दा कांग्रेस सशंकीत

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन खोज्दा कांग्रेस सशंकीत

  • शनिवार, जेठ ५ २०८१

  • 3.4K
    SHARES

  • प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन खोज्दा कांग्रेस सशंकीत

    काठमाडौं । राजनीतिक दलसम्बन्धी संशोधन विधेयक संसदबाट फिर्ता लिने र विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारीले नेपाली कांग्रेस सशंकित भएको छ । उसले प्रधानमन्त्रीले ७ जेठमा विश्वासको मत लिएर सरकारले संसद अधिवेशन अन्त्य गर्न लागेको त होइन भन्ने आशंका गरेको छ ।

    प्रधानमन्त्री प्रचण्डले ७ जेठमा विश्वासको मत लिनका लागि बिहीबार संसद सचिवालयमा पत्राचार गर्नुभएको छ । त्यसैगरी शुक्रबार राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक फिर्ता लिएको छ । संसदको गतिरोध कायमै रहेको बेला विधेयक फिर्ता लिने र विश्वासको मतका लागि दिन तय गर्नु सफा नियतले नआएको कांग्रेस महामन्त्री गगन थापाले बताउनुभयो ।

    ‘संसदको यो गतिरोध रहिरहेको बेलामा कुनै वाध्यताको अवस्था नभइकन विश्वासको मत लिन खोज्नुमा सफा नियत देखिएन’, महामन्त्री थापाले भन्नुभयो ।

    सरकारलाई समर्थन दिएको कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट ३१ वैशाखमा बाहिरिएको थियो ।

     


    शनिवार, जेठ ५ २०८१०२:०६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij